शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् यो साता बजारमा आएका गीत

शनिबार, ०८ वैशाख २०७५, १४ : ००
शनिबार, ०८ वैशाख २०७५

‘खुकुरीलाई के थाहा अचानोको पिडा... ’

गीत सुन्ने भन्दा पनि हेर्नेको जमाना आएको छ । सायद त्यसैले पनि होला अहिले गीतको अडियो भन्दा पनि भिडियो सार्वजनिक हुने गर्दछन् । यस्तैमा गायिका तथा अभिनेत्री सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा... ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियो राजु लामाले निर्देशन गरेका हुन् । 
सानुको अभिनय र गायन दुवैलाई एकै साथ लैजाने लक्ष्य छ । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागेकी सुरीलो स्वरकी धनी गायिका सानु खतिवडाले केही समय पहिले ‘पित्तलमा सुनको जलप छ ....’ बोलको गीत पनि सार्वजनिक गरेकी थिइन् । 

‘जता जता दियो बाल्छु’
मोडल सिर्जना पौडेलको निर्देशनमा तयार ‘जता जता दियो बाल्छु त्यतै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश केसीको शब्द र  सन्तोष श्रेष्ठले संगीत भरेको यस गीतमा अन्जु पन्तको स्वर छ । भिडियोमा सिर्जना पौडेलको साथमा मेल मोडल बुध्हबिर थापालाई फिचर रहेकाे छ । 

 

 
‘मलाई हर्ने त्यो तिम्रो नजर’
गायक सुबास चाम्लीङ्गको ‘मलाई हेर्ने त्यो तिम्रो नजर’ बोलको गीत आएको छ । यो साता हालै आएको यो गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ । फडिन्द्र राईले एरेन्ज गरेको यो गीतको भिडियो रेकडिङ्ग स्टुडियोमा सुट गरिएको छ । जहाँ स्वयम गायक चाम्लीङ्ग देखिएका छन् । बाल्यकाल देखि नै संगीतमा रुचि राख्ने उनी हाल काठमाडौंमा संघर्षरत छन् ।  

‘तिमी मेरो जिन्दगी’ 
गायक सुगम पोखरेलले अहिले नँया गीत ‘तिमी मेरो जिन्दगी’ ल्याएका छन् । राजन तिमल्सिनाको कम्पोज रहेको गीतमा सैलेन्द्र प्रधानको एरेन्ज सुन्न सकिन्छ । श्याम कार्कीले निर्माण गरेको यो भिडियो सतिज श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा सम्पदा बानिया र सुबेचन श्रेष्ठले अभिनय गरेका छन् । 

‘अाँखा लाउँछन्....’
गीतकार अम्बिका गुरुङले गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘अँ“खा लाउ“छन्....’ गीत भिडियो सहित ल्याएकी छन् ।  धुलिखेलका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

 

‘अझै मर्छु’
गायक राज सिक्देलको गीत अझै मर्छु आएको छ । गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिन पोखरेलको शब्द सुन्न सकिन्छ । स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन्  । जहाँ प्रेम र पिडा देखाइएको छ । गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । 

 


‘लाउँकी मोहनी..’
गायक देवराज आलेले लाउँकी मोहनी बोलको गीत लिएर आएका छन ्। राजु थापाको शब्दमा गायक तथा मोडल देवराज आले ले नै संगीत भरेका छन् । उदयराज पौडेलको संगीत संयोजन रहेको उक्त गीतमा अभिनयमा भने अस्मीता गुरुङले साथ दिएकी छिन् । निरोज श्रेष्ठले खिचेको गीतलाई अजय स्याङ्तानले सम्पादन गरेका छन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको हो ।


कुनै दिन’
गायिका सहिमा श्रेष्ठले जन्मदिनको अबसर पारेर ‘कुनै दिन’ बोलको गीतको म्युजिक भिडियो ल्याएकी छन् । किरण केसी “क्रोधी“ को शब्द तथा दिपक शर्माको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ । लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् । 

‘छाती चस्स...चस्स’ 
रोजल थापा निर्देेशत ‘तिमी गयौं’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकेन्द्र राईको स्वर रहेको गीतमा यमन सुवेदीको शब्द र राम सिटौलाको संगीत सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । रोहित बस्नेत र दीना घिमिरे फिचर गीतमा यी दुई एकअर्काको साथ बिना बाँच्न नसक्ने कुरा गर्दैछन् । भिडियोमा यो कपलको केमेष्ट्री कमालको देखिएको छ । 

खुशी हुँदा’
गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत ‘खुशी हुदाँ’ युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको कम्पोजमा रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन । गीतको रेकडिङ तथा मिक्सिङ शम्भु तन्डुकारले गरेका हुन ।  

चारैतिर जग्गे’ 
गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत ‘चारैतिर जग्गे’सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगीत रहेको आधुनिक गीतमा मार्मिक भावहरु समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्काको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन् । 

 

‘खल्ली बल्ली’ 

 

राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘खल्ली बल्ली ’ बजारमा आएको छ । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएको छ । रोशन गैरैको शब्द तथा लय सिर्जना रहेको गीतमा जतिसक्दो गीतमा मौलिकतालाई समेटने प्रयास गरिएको गायक गैरेले बताए  ।गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन रोशन गैरेले गरेका छन । करिष्मा ढकाल र रोशन गैरेको अभिनय रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । 

लंकापाराको’
प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो सार्वजनिक भएको छ । सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जिवनको रहेको छ । अमोक्क्षको उत्कृष्ट संगीत रहेको गीतमा व्यास सौगात रसाईली र गितार संजीव र सुरजको रहेको छ । कृपा दृश्य डिजीटलको प्रस्तुतिकरण रहेको गीतको भिडियोलाई मोडल जीवनले उत्कृष्ट निर्देशन गरेका छन् । 

 

‘तिमी मान या नमान’ 
छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । भिडियो लाई संजय बरालले नै निर्देशन गरेका छन् ।

‘बाँच्न सक्दिन’
स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को म्युजीक भिडीयो तयार भएको छ  । गायक सबिन लिम्बुको स्वर रहेको गीतमा प्रेम पिडा देख्न सकिन्छ  । सबिन लिम्बुकै संगीत रहेको गीतमा समा लिम्बुको शब्द समाबेस छ । प्रकास घितालले निर्देशन गरेको भिडीयोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्  । भिडीयोमा उर्मिला रायमाझी र यम  तमु फिचर भएका छन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप