शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका मुख्य शहरमा मार हान्न सक्ने यस्तो छ चिनियाँ क्षेप्यास्त्र डीएफ-२६

शनिबार, ०८ वैशाख २०७५, १३ : २५
शनिबार, ०८ वैशाख २०७५

एजेन्सी-चिनियाँ सेनाले अमेरिकाको गुआम टापु र भारतका प्रमुख शहरमा मार हान्न सक्ने क्षेप्यास्त्र तयार पारेको छ ।

डीएफ-२६ नामक क्षेप्यास्त्र एउटा सैन्य ब्रिगेडलाई जिम्मा लगाएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

डीएफ-२६ क्षेप्यास्त्र हेनान प्रान्तमा राखिएको आशंका छ । 

डीएफ-२६ एउटा बलिस्टिक क्षेप्यास्त्र हो जसले चार हजार किलोमिटरसम्म मार हान्न सक्छ।

चीनबाट गुआम टापुको दूरी ३,७५० किलोमिटर रहेको छ । भारतका कतिपय महानगरपालिकाहरूको दूरी चार हजार किलोमिटरभन्दा कम छ।

क्षेप्यास्त्र पूर्ण रूपमा स्वदेशी भएको चिनियाँ मिडियाले जनाएका छन् । त्यसले परम्परागत एवं पारमाणविक दुवैथरी अस्त्र बोक्न सक्छ।

तर भूउपग्रह तस्वीरको विश्लेषण गर्ने भारतीय सेनाका अवकाश सैन्य अधिकारीहरु चिनियाँ दावी स्वीकार गर्न मान्दैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप