बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतकै धनी व्यापारी मुकेश अम्बानीको यस्तो छ ‘लाइफ स्टाइल’

शनिबार, ०८ वैशाख २०७५, १२ : ३५
शनिबार, ०८ वैशाख २०७५

मुम्बई– भारतको  सर्वाधिक धनी व्यापारी हुन्, मुकेश अम्बानी ।   रियल स्टेटका मालिक उनले सन् २०१६ मा ‘जियो’ प्रोडक्ट समेत लन्च गरेका थिए । उक्त प्रोडक्टले यति सफलता हासिल गर्यो कि  हालसम्म यसको प्रयोगकर्ता नै  १६ करोड पुगिसकेको छ ।  

१९ अप्रिलमा आफ्नाे ६१ औं जन्मदिन मनाएका अम्बानी  सपिङले होस् या चढ्ने कारका कारण,  अथवा  घरको कारणले नै किन नहोस् बेलाबेलामा  चर्चामा आइरहन्छन् । उनै भारतका  सबैभन्दा धनी र विश्वकै ३६ औ धनी अम्बानीको दैनिक रुटिन कसरी चलिरहेको छ त ? भारतीय अनलाइन दैनिक भास्करको सामग्रीलाई हामीले साभार गरेर यहाँ प्रस्तुत गरेका छौंः

अम्बानीको दैनिकी निकै टाइट र व्यस्त देखिन्छ । राती अबेर सुत्ने   अम्बानी बिहान ५ बजेदेखि साढे ५ बजेको बीचमा  उठीसकेका हुन्छन् ।  उनी बिहान ६ बजेदेखि साढे ७ बजेसम्म जिम र अाेर्कआउटमा व्यस्त हरन्छन् । यहीबीचमा स्वीमिङ पनि गर्छन्  भने पत्रपत्रिका समेत पढ्छन् ।  उनको मुम्बईस्थित आलिशान २७ तले घरको दोस्रो तलामा  पारिवारिक जिमखाना रहेको छ  । 

बिहान ८ बजेदेखि ९ बजेको बीचमा उनले घरको १९ औं तलमा पुगेर ब्रेकफास्ट लिइसकेका हुन्छन् ।  उनी त्यो बीचमा जुस लिन्छन् ।  नास्तामा दालरोटी–दहीसहितको हल्का नास्ता लिन्छन् ।  
बिहान ९ देखि १० बजेसम्मको बीचमा उनी अफिसका लागि तयार हुन्छन् । यस्तै २१ औं तलमा रहेको व्यक्तिगत अफिसमा पुगेर जरुरी फाइल र ब्यागहरु संकलन गर्छन् ।  उनको पोशाकमा सेतो सर्ट, कालो पेन्ट हो । 

त्यसपछि उनी केहिसमय आमा र बालबच्चा भेट्नेलगायतमा समय खर्चिन्छन् । यसपछि भने गाडी पार्किङमा पुगेर कहिले ड्राइभरको साथ त कहिले आफैं ड्राइभ गरेर कर्पोरेट अफिसका लागि प्रस्थान गर्छन् ।
बिहान ११ बजे अम्बानी नरीमन प्वाइन्टमा रहेको कर्पोरेड हेड अफिसमा पुग्छन् । जहाँ उनी सहयोगीले तयार पारेको  डेली चेक लिस्ट र मिटिङ सेड्यूलअनुसार काम गर्छन् ।  आवश्यकता अनुसार अफिसमै र बाहिरको मिटिङमा पनि सहभागि हुन्छ ।  निकटस्थका अनुसार उनी हरेक  हप्ताको सोमबार चेक लिस्टको पुनरावलोकनका साथै कर्मचारीलाई आवश्यक निर्देशन दिइरहेका हुन्छन् ।  उनी अफिसमै राती १० बजेसम्म व्यस्त हुन्छन् । 

 

रात ११ बजेसम्ममा उनी घर फर्किन्छन् र १५औं तलमा रहेको बेडरुपमा पुगेर  ड्रेस चेन्ज गर्छन् । यस्तै राती ११ बजेदेखि १२ बजेसम्म १९ आंैं तलामा रहेको किचेनमा पुगेर पत्नी निताका साथ डिनर लिन्छन् । उनको खानामा रोटी, सब्जी, भात र सलादसहितका परिकार समावेश हुन्छन् । सातामा एक दिन गुजराती र साउथ इन्डियन खान पनि हुन्छ । उनका लागि नेपाली कुकले खाना बनाउँछन् । 


यस्तै केहिबेर उनी पत्नी नीताको साथ दिनभरका कामकाबारेमा कुराकानीका साथै  अन्य व्यावसायिक विषयमा पनि छलफल गर्छन् । त्यसपछि  सुत्छन् । यसो त उनी  त्यो बीचमा समय मिलाएर  फिल्म पनि हेर्नेछन् । 

१.२४ लाख करोड रुपैयाँका मालिक अम्बानी वार्षिक १०, ५३४ करोड भारतीय रुपैयाँ कमाउँछन् । जसअनुसार उनी एक सेकेण्डमा ३३३३ भारतीय रुपयाँ कमाउँछन् । 
२७ तले उनको घर सुविधासम्पन्न रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप