शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

…अनि फेमिली प्लानिङ

शनिबार, ०८ वैशाख २०७५, १२ : ०९
शनिबार, ०८ वैशाख २०७५

वैवाहिक जीवनमा बाँधिन चाहने अधिकांश मानिसले बच्चाको चाहना राख्छन् । समाजमा कस्तोसम्म धारणा छ भने बच्चा भएपछि मात्र महिला पूर्ण हुन्छन् । यस्तो धारणा गलत वा सही जे भए पनि बच्चाको आवश्यकतालाई भने देखाउँछ । तर, बच्चा जन्माउँदा भने धेरै कुरामा ख्याल गर्न जरुरी छ ।

किनकि, बच्चालाई उचित पालनपोषण, शिक्षा, स्वास्थ्य आदि प्रदान गर्नुपर्छ । यस्ता कुरामा ध्यान नदिई विनायोजना बच्चा जन्माएमा बढी समस्या झेल्नुपर्ने हुन्छ । त्यसका लागि मानसिक रूपमा तयार भएर मात्र फेमेली प्लानिङ गर्न जरुरी हुन्छ ।

बच्चा जन्माउनुअघि मानसिक रूपमा तयार हुनुपर्छ । योजनाअनुसार बच्चा जन्माएमा गर्भवती अवस्थामा पनि इन्जोय गर्न सकिन्छ, जुन जरुरी हुन्छ । गर्भवती हुनुअघि त्यस अवस्थामा गर्ने गतिविधि, खाना, हिँडाइ, व्यायामलगायतका विषयमा जानकारी लिन आवश्यक हुन्छ । गर्भावस्थामा डाक्टरको मात्र भर पर्नुहुँदैन । बच्चा जन्माउनुअघि ध्यान दिनुपर्ने कुरा र परिवारको भूमिकाको विषयमा पनि ख्याल गर्नुपर्छ ।

पछिल्लो समय परिवार नियोजनका साधनको प्रभावकारी प्रयोग नगर्दा प्लानिङविनै बच्चा जन्माउने वा जन्मिने गरेको पाइन्छ । यस्तो अवस्थामा गर्भ बसेमा पति–पत्नी शारीरिक रूपमा पूर्ण तयार हुँदैनन् । कतिपयले योजना नहुँदानहुँदै बच्चा बस्यो भन्दै अस्पताल पुग्ने गर्छन् । यस्तो गर्दा गर्भवती महिलामा पनि निकै असर पर्ने गर्छ । यस्तो असरको प्रभाव बच्चामा पनि पर्न जान्छ ।

गर्भवती बन्नुअघि चिकित्सकसँग पनि राम्रोसँग परामर्श गर्नुपर्छ । यसले स्वस्थ बच्चा जन्माउनमा भूमिका खेल्छ । डाक्टरसँग परामर्श गरेमा गर्भ तुहिने समस्या पनि कम हुन्छ ।

नाचाहँदानचाहँदै गर्भ बसेर गर्भपतन गराउनेको संख्या पनि ठूलो छ । यसो गर्दा महिलाको स्वास्थ्यमा असर पर्न जान्छ । त्यस्तो समस्याबाट बच्नका लागि पनि समय–समयमा डाक्टरसँग परामर्श गर्न जरुरी हुन्छ ।

योङ जेनेरेसनमा बच्चा जन्माउँदा लेभर पेनको समस्या हुन्छ । जुन कुरा पछिल्लो जेनेरेसनका निकै कमलाई मात्र थाहा हुन सक्छ । यस्तो अवस्थाका गर्भवतीलाई अत्यधिक आरामको जरुरत पर्छ भन्ने मान्यता पनि छ, जुन गलत हो । यसो गरेमा बच्चा जन्माउँदा झन् जटिलता देखा पर्न सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप