शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारीलाई पाँच वर्षको कारागार

शनिबार, ०८ वैशाख २०७५, १० : ५८
शनिबार, ०८ वैशाख २०७५

उदयपुर  -उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । 

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए । दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप