शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित ६ युवक पक्राउ

शनिबार, ०८ वैशाख २०७५, १० : ०९
शनिबार, ०८ वैशाख २०७५

तनहुँ   -लागु औषधसहित ६ युवक तनहुँमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बिहिबार तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारी जलबिरेस्थित पृथ्बीराजमार्ग सडक छेउबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा म्याग्दे गाउपालिका वडा नं ४ बस्ने बर्ष ३३ का प्रेम क्षेत्री, म्याग्दे गाउपालिका वडा नं २ बस्ने बर्ष २३ का मंगल बहादुर परियार, म्याग्दे गाउपालिका बस्ने बर्ष २४ का मनिस थापा मगर, भानु नगरपालिका वडा नं ९ बस्ने बर्ष २३ का पुर्ण बहादुर परियार, जिल्ला गोरखा जौबारी गाउपालिका वडा नं ५ बस्ने बर्ष २५ का राजु गुरुङ र लमजुङ दुधपोखरी गाउपालिका वडा नं ५ बस्ने बर्ष २२ को बिशाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडक छेउ झाडीमा शंकित अबस्थामा भेटिएका बिशाल गुरुङ लाई नियन्त्रणमा लिई शरिर तलासी लिदा बिशाल गुरुङ सहितको उक्त समूह बाट अबैध लागु औषध डाईजेपाम ९, फेनरागन ११ र नुफिन ११ थान गरी ३१ थान सहित नगद ५२० र १ थान मोबाईल सेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका युवकहरु लाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत तनहुँमा उपस्थित गराई ७ दिनको म्यादथप अनुमती लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक उमेश राज जोशीले बताए । 

तनहुँ वर्तमान समयमा लागु औषधको हव बन्दै गएको छ । पर्यटकीय नगर पोखरा नजिक रहेको सहर दमौली लागु औषध कारोबारीको मुख्य थलो बनेको छ । लागु औषध सहित समय समयमा केहि व्यक्ति समातिए पनि मुख्य लागु औषध कारोबारी भने समातिएका छैनन् । तनहुँको दमौली मुख्य केन्द्रविन्दु बनाएर प्रदेश नम्बर ४ को विभिन्न जिल्ला र देशका अन्य जिल्लामा समेत लागु औषध ओसारपसार हुने गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप