बुबा नभएका राजका अभिभावक बने राजेश हमाल
चुरामणि अर्याल
कपिलवस्तु -नायक राजेश हमालले पहिलो पटक बालकलाई विद्यालय भर्ना गर्दै छाराको बाबु बनेका छन् ।
हमालले बुद्धभूमी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभुमी नगरपालिका–२ गोरुसिंगे स्थित गौतम बुद्ध उच्च मा.वि.मा शुक्रबार पाँच वर्षिय बालक राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् ।
नायक हमालले यो आफ्नो जीवनको पहिलो अनुभव भएको बताए । ‘मेरो पहिल्यै देखि चाहना पनि थियो । यसपटक नेपाल सरकारको नीतिले आफूलाई ठुलो अवसर जुटायो’ हमालले भने, ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक–पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु । उसले पिता गुमाएको रहेछ, गरिब परिवारमा जन्मिएको छ, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु । –
नका बुवाको गत वर्ष कार्तिक १९ गते करेन्ट लागेर मृत्यू भएका थियो । भारतको गुजरात शहरको एक धागो कारखानामा काम गर्ने काशिराम सहित ३ जनालाई करेन्ट लागेको थियो । ति मध्ये काशिरामको मृत्यु भएको थियो । मृत्यु भएको १ वर्ष पुगे पनी राजको परिवारले हाल सम्म राहत रकम पाएका छ्र्रैनन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण