बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आधा घण्टामा यसरी रिफ्रेस हुन्छन् प्रचण्ड

शनिबार, ०८ वैशाख २०७५, ०९ : ३०
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन् ।

शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै उनले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ । 

प्रचण्डले संगीतकार र कलाकारलाई रोयल्टीको अधिकार स्थापित गर्न  सहयोग हुने विश्वास दिलाए । 

‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको थिएँ । अब म संगीतकार कलाकारलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाउन चाहान्छु’ उनले भने ।

प्रचण्डले अहिले नेपाल नयाँ अवसर र चुनौतिसहित इतिहासको  महत्वपूर्ण क्षणमा रहेको बताए । उहाँले भने, ‘हामीले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने समृद्धि, सभ्यता र अनुशासनको नयाँ युग प्रारम्भ हुने बिन्दुमा हामी खडा छौं तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौं भने निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने खतरा पनि छ ।’

संगीतमय देश
अध्यक्ष प्रचण्डले नेपाल देश आफैं संगीतमय देश भएको बताए ।  नदीनालाहरु झरनाहरु, छहराहरु, हाम्रा भीर पाखा पखेराहरु आफैं संगीत हुन् । उनले भने, हाम्रा जाति, भाषा र संस्कृति आफैंमा मौलिक संस्कृति र संगीतका धनी छन् । ती सबैको संश्लेषण गरेर हामीले एउटा नयाँ र मौलिक संस्कृति र संगीत विकास गर्दै आएका छौं ।’

अध्यक्ष प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको पनि बताए। युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात पनि गीत संगीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उनको भनाई थियो ।

बिहानको दिनचर्या 
आफ्नो बिहानको शुरुवात नेपाली गीत संगीतबाट हुने बताउँदै उनले भने, ‘मेरो बिहान ५ बजेबाट सँधै नै आधी घण्टा पुुराना संगीतकार र नयाँ संगीतकार त्यसैगरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुरु हुन्छ ।'

प्रचण्डले भने, 'हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरु धेरै बरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरुका गीत संगीत सुनेर आघी घण्टा बिताउँछु । र आधी घण्टा फिजिकल एक्ससरसाइज गर्छु र पसिना निकाल्छु । यसरी मेरो बिहानको दिनचर्या सुरु हुन्छ ।'

एउटा कोठामा हार्मोनियम अर्कोमा गितार
'मेरो त्यो आधी घण्टाले मानसिक ‘रिफ्रेस्मेन्ट’ भएको महशुस गर्छु । र आधी घण्टाको ‘फिजिकल एक्सरसाइज’ले भौतिक ‘रिफ्रेस्मेन्ट’ भएको महशुस गर्छु । मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप