शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफको प्रथम वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, ०७ वैशाख २०७५, १९ : २९
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौं– सिटिजन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले उक्त कम्पनीको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष ०६३ ६४ देखि ०७३–७४ सम्मको वित्तिय विवरणहरु पारित गरेको छ । 

साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुने रकम अर्थात ७५ करोडको शेयर सर्वसाधारणका लागि  निश्काशन गर्ने निर्णय समेत गरेको बैंद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।  कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीले नेपालमै पहिलोपटक आफ्नै जीवनमा दुई गुणा बीमाङ्क तथा बोनस समेत भुक्तानी हुने बाचुञ्जेलको साथी एटै बीमा काफी भन्ने नारासहित बीमा योजना प्रचलनमा ल्याएको जानकारी दिए ।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट ५ जना सञ्चालकहरु प्रदिपराज पाण्डे, सुमितकुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर, मनोज कार्की र इन्द्रप्रसाद कर्मचार्यलाई नियुक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप