इन्धनमा कृत्रिम मूल्यवृद्धि स्वीकार्न सम्भव छैन : राष्ट्रपति ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)ले अस्वभाविक तथा कृत्रिमरूपमा मूल्य बढाएको भन्दै यस्तो मूल्यवृद्धि अमेरिकाका लागि स्वीकार्य नहुने बताएका छन्।
उनले इन्धनको मूल्यमा समायोजन गर्नका लागि पेट्रोलियम पदार्थको उच्च मात्रामा उत्पादन र वितरण गर्दै आएका विश्वका मुख्य मुलुकहरूका सम्वन्धित मन्त्रीहरूको साउदी अरबमा छलफल भइरहेको समय उक्त प्रतिक्रिया जनाएका हुन् ।
ओपेक सदस्य राष्ट्रका मन्त्रीहरूको भेलाले मूल्यवृद्धि गर्न लागेको भन्ने सूचनालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “तेल उत्पादनदरमा उल्लेख्य वृद्धि छ र इन्धनका जहाजहरूले निरन्तर पेट्रोलियम पदार्थसहित बोकेर ओहोरदोहोर गरिरहेका छन् । तेलको मूल्य अस्वभाविक रूपमा वृद्धि गरिएको छ । यो कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।”
ओपेक उत्पादक राष्ट्र तथा उत्पादन नगर्ने मुलुकले सन् २०१६ मा इन्धनका बिषयमा एक सम्झौता गरी प्रतिदिन १८ लाख व्यारेल उत्पादन गरी तेलको विश्व बजारमा सन्तुलन गर्ने सहमति गरेका थिए । जसले अस्वभाविक मूल्यवृद्धिमा नियन्त्रण राख्ने अपेक्षा गरिदै आएको छ ।
यस बर्षको अन्त्यसम्मका लागि उक्त सम्झौताले पेट्रोलियम पदार्थको मूल्य सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलर रहेकोमा यसलाई उठाएर ७० अमेरिकी डलरमामा पु¥याउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल