मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

शुक्रबार, ०७ वैशाख २०७५, १७ : ११
शुक्रबार, ०७ वैशाख २०७५

एजेन्सी–दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ ।  दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एकहप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा गर्ने तय भएको छ । 

दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्युक्लियर आर्मड’सम्वन्धी कार्यालयबाट हटलाइन सेवा सञ्चालन गरिएको छ । 

हटलाइन सेवाको परीक्षणका लागि दुबै पक्षका उच्च अधिकारीले चार मिनेट १४ सेकेण्ड कुराकानी गरेका थिए । 

दुई कोरियाको सम्वन्ध थप सुधारको क्रममा यसलाई अर्को नयाँ कदमका रुपमा हेरिएको छ । 

केही महिना अगाडि भएको शीतकालिन ओलम्पिकदेखि दुई कोरियाकाबीचमा आश्चर्यजनक तरिकाले सम्वन्धमा सुधार आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप