बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बार्षिक ५० जना महिला बलात्कृत

शुक्रबार, ०७ वैशाख २०७५, १६ : ३३
शुक्रबार, ०७ वैशाख २०७५

विवेक विश्वकर्मा
रुपन्देही –रुपन्देही जिल्लामा वार्षिक औषत ४० देखि ५० वटा बलात्कारका घटना हुने गरेको पाइएको छ ।  यो संख्या अझै बढी हुनसक्ने प्रहरीको अनुमान छ । जनचेतनाको अभावमा जबरजस्ती करणीका घटनाहरु बाहिर आउन नसकेकाले संख्या बढ्न सक्ने रुपन्देही प्रहरीको भनाई छ । 

यस्ता घट्नामा सामाजिक मान प्रतिष्ठा समेत जोडिने भएकाले पीडित पक्ष प्रहरीको सम्पर्कमा नआउँदा अपराधीमा मनोबल बढ्ने गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांकअनुसार जबरजस्ती करणीको शिकार हुनेमा अधिकांश मजदुर वर्गका महिला तथा बालिकाहरु रहेका छन् । रुपन्देहीमा चालू आर्थिक बर्षमा २९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकोमा त्यसमध्ये १३ जना पीडित मजदुरी गर्ने रहेका छन् ।

यस्ता घटनामा १६ देख २५ बर्ष उमेरका ५२ प्रतिशत महिला तथा बालिका पीडित बनेको पाइएको छ । त्यस्तै २० प्रतिशत २६ देखी ३५ बर्ष सम्मका महिला तथा बालिकाहरु पीडित बनेका छन् भने १६ बर्ष मूनिका १४ प्रतिशत तथा ३७ बर्षदेखि ४५ बर्ष सम्मका पनि १४ प्रतिशत नै पीडित हुने गरेको तथ्याँकले देखाएको छ । 

प्रहरीका अनुसार कतिपय जबरजस्ती करणी नाताभित्र हुने भएकोले पनि घटना बाहिर नआउने गरेका छन् । संघीय प्रहरी इकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक दिपककुमार थापाले प्राय करणी वा करणीको उद्योग नजिककै ब्यक्तिहरुबाट हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताए ।

 कलिलै उमेरमा प्रेम बिबाह गरी भाग्ने, खोजतलासको रुपमा उजुरी पर्ने तर फेला परेपछी बालिकाका पक्षबाट जबरजस्ती करणीमा जाहेरी नआउने अर्को समस्या रहेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।  रुपन्देहीमा अघिल्ला बर्षहरुको तुलनामा गत बर्ष भने जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगका घटनामा कमि आएको छ ।

आर्थिक बर्ष २०७२/२०७३ मा २६ वटा जवरजस्ती करणी भएकोमा १५ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७३/२०७४ मा यो संख्या बढेर ३० पुगेको थियो । आर्थिक बर्ष २०७३/२०७४ मा जबरजस्ती करणीका ४३ वटा मुद्दा दर्ता भएको ज्ञवालीले जानकारी दिए । यस्ता घट्ना धेरैजसो साँझ ६ बजे देखी १२ बजेको समयमा हुने गरेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप