बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षपछि आर्सनल छाड्दै वेङ्गर

शुक्रबार, ०७ वैशाख २०७५, १६ : २६
शुक्रबार, ०७ वैशाख २०७५

लण्डन । आर्सन वेङ्गरले २२ वर्षपछि आर्सनलको प्रशिक्षक पद त्याग गर्ने भएका छन् ।

फ्रेञ्च प्रशिक्षकले यो सिजनको अन्त्यमा आर्सनलको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् ।

आर्सनल यतिबेला लिगको छैटौँ सिजनमा रहेको र शीर्ष चार स्थानबाट लगातार दोस्रो सिजनबाट टाढा रहेको छ । अब उसले च्याम्पियन्स लिगमा स्थान बनाउन युरोप लिग जित्नै पर्ने बाध्यता छ ।

६८ वर्षीय वेङ्गरले प्रिमियर लिग उपाधि तीन पटक तथा सात पटक एफए कप उपाधि जिते । सन् १९९८ र २००२ मा उनले डबल उपाधि जितेका थिए ।

आर्सनलमा रहँदा प्रिमियर लिगमा खेलिउका ८२३ खेलमा उनले ४७३ मा जित हात पारे ।

‘यति लामो वर्षसम्म यो क्लबलाई आफ्नो सेवा दिन पाउँदा म सबै प्रति आभारी छु,’ उनले भने, ‘मैले पूर्ण प्रतिबद्धता र इमान्दारिताका साथ क्लबको व्यवस्थापन गरेँ ।’

उनले आर्सनलका समर्थकलाई क्लबको मूल्य र मान्यताको ख्याल राख्न आग्रह गरे ।

आर्सनलले उनको उत्तराधिकारी चाँडै नियुक्त गर्ने बताएको छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप