बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको धनपालथानमा काँग्रेस

शनिबार, २४ असार २०७४, ०९ : ५२
शनिबार, २४ असार २०७४

विराटनगर -मोरङको धनपालथान गाउँपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । 

। काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै उपाध्यक्षमा काँग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गर्नुभएको छ । 

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप