शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा बारबाराको अन्त्येष्टिका लागि सुरक्षा व्यवस्था कडा

शुक्रबार, ०७ वैशाख २०७५, १५ : १०
शुक्रबार, ०७ वैशाख २०७५

एजेन्सी–अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रमका लागि उनको निवास वरिपरि सुरक्षा व्यवस्था कडा बनाएको छ । 

उनको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिए । 

बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उनलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको छ । 

उनको शनिबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ भने अन्त्येष्टि कार्यक्रममा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, उनकी श्रीमती मिसेल ओबामालगायतका अतिविशिष्ट व्यक्ति आउने कार्यक्रम रहेको छ । 

पूर्वराष्ट्रपति जर्ज बुसकी श्रीमती र अर्का पूर्वराष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबाराको अन्त्येष्टिमा त्यसै पनि उच्चपदस्थको बढी भिड हुुनु स्वभाविक भएको बताइएको छ । 

लामो समयदेखि अस्वस्त रहेकी बुसले उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उनको निधन भएको थियो । 

स्वर्गिय बारबारा बुस उनका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेलेका थिए । 

उनी सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमासमेत हुन् । श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उनी एकमात्र अमेरिकी महिला हुन् । 

त्यस बाहेक उनी साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिन्छिन् । उनले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाइरहनु भएको बताइएको छ । 

उनको शव शुक्रबार अन्तिम श्रद्धाञ्जलिका लागि सेन्ट मार्टिनस चर्चमा राखिएको छ भने अन्त्येष्टि शनिबार गरिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप