शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकसय बहत्तर सहकारी स्थानीय तहलाई हस्तान्तरण

शुक्रबार, ०७ वैशाख २०७५, १५ : ०३
शुक्रबार, ०७ वैशाख २०७५

तेह्रथुम– तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । 

कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । जिल्लामा रहेका २०६ वटा कूल सहकारीमध्ये ३४ वटा सहकारी प्रदेश कार्यालयअन्तर्गत परेका र बाँकी १७२ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख दिलशेन राईले जानकारी दिए । 

जिल्लाको म्याङ्लुङ नगरपालिकालाई ३० वटा, लालीगुराँस नगरपालिकालाई ३९ वटा, छथर गाउँपालिकालाई ४६ वटा, आठराई गाउँपालिकालाई १८ वटा, फेदाप गाउँपालिकालाई २६ वटा र मेन्छ्यायेम गाउँपालिकालाई १३ वटा सहकारी संस्था हस्तान्तरण गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप