शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

शुक्रबार, ०७ वैशाख २०७५, १४ : ४८
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौं– ज्योती विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट बरिष्ठ नायब महाप्रबन्धक कपिलकुमार ढकालले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता लगत्तै बैंकका ग्राहकहरुले अब बैंकको कुनैपनि शाखाबाट  हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्म बैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु.१३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप