दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल : डा.अयोधीप्रसाद यादवको अन्तर्वार्ता

person access_timeअसार २४, २०७४ chat_bubble_outline0

काठमाडौँ, २४ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । 

निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक विषयमा प्रमुख आयुक्त डा यादवसँग राससका समाचारदाता नारायणप्रसाद न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ः 

प्रश्न ः स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सकिएको छ, समग्रमा निर्वाचन आयोगका मूल्याङ्कन र समीक्षा कस्तो रह्यो रु 

आयोगको व्यवस्थापकीय काम सफल रहेको छ, मतदानमा मतदाताको उत्साहपूर्वक सहभागिता रह्यो, राजनीतिक दल र उम्मेदवारबाट पनि उत्तिकै सहयोग भयो । स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको सफलताको श्रेय चाहिँ मतदातालाई दिन चाहन्छु । अहिलेसम्मकै सबैभन्दा सफल निर्वाचनका रुपमा दोस्रो चरणको निर्वाचन भएको छ । मतदाताको ज्यादै उत्साहजनक सहभागिताले निर्वाचन सफल भएको हो । यो निर्वाचन इतिहासमै स्मरण गर्नयोग्य रहेको हँुदा आयोगले सफल व्यवस्थापनको रुपमा पनि मूल्याङ्कन गरेको छ । 

प्रश्न ः निर्वाचनमा सरकारबाट कस्तो सहयोग रह्यो रु 

निर्वाचन आयोगले मात्रै निर्वाचन गराउने होइन, यसको लागि सरकारको सहयोग अति आवश्यक छ, सरकारबाट निर्वाचन आयोगले जुन खालको सहयोगको अपेक्षा गरेको थियो त्योभन्दा बढी नै सहयोग प्राप्त गरेका छौँ, माग गरेअनुरुपकै बजेट र जनशक्ति उपलब्ध भयो भने निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकारले ठूलो भूमिका खेलेको छ । मतदाता, राजनीतिक दल, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीलाई शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट भएको हुनाले समग्रमा निर्वाचन उदाहरणीय र ऐतिहासिक रह्यो । 

निर्वाचनका लागि बनाइएको सुरक्षा रणनीति प्रभावकारी रहेको हुनाले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा सरकारले ठूलो सहयोग गरेको छ, त्यो ज्यादै सराहनीय छ । 

प्रश्न ः वर्षायाममा निर्वाचन गराउनुपर्दा के कस्ता चुनौतीको सामना गर्नुप¥यो रु 

निर्वाचनका लागि आयोगलाई हर क्षेत्रबाट सहयोग प्राप्त भएको छ । आयोगलाई कतिपय अवस्थामा अप्ठेरो त निश्चित रुपमा भएकै हो । वैशाख ३१ मा एकै चरणमा भए प्रकृतिको प्रतिकूलता व्यहोर्नु नपर्ला र सजिलोसँग राम्रो व्यवस्थापन गर्न सकिएला भन्ने अनुमान गरेका थियाँै, राजनीतिक वातावरण मिलाउने सन्दर्भमा जेठ ३१, असार ९, १३ हँुदै १४ गतेका लागि सरेपछि ज्यादै अप्ठेरो परिस्थितिमा परेका थियौँ । मौसमको प्रतिकुलता प¥यो भने अप्ठेरो हुन्छ भन्ने थियो । त्यसपछि पनि राजनीतिक दलबीच निर्वाचनप्रति सहमति, असहमति निरन्तर चलिरह्यो । त्यस संवादबाट एउटा राम्रो सन्देश प्राप्त भयो र सबैको सहयोगबाट मिति सरेर पनि अत्यन्तै शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न भयो । वर्षायाम सुरु भएपछिको निर्वाचनमा ७४ प्रतिशतको हाराहारीमा मतदान हुनु भनेको इतिहासकै ठूलो उपलब्धि हो, अहिलेसम्म स्थानीय निर्वाचनमा यस्तो भएकै थिएन । 

असार १४ गतेको निर्वाचनमा धेरै ठाउँमा पाल टाँगिएको थियो । छाता ओडेर मतदाता आएका थिए । वर्षाका कारण कतिपय ठाउँमा केही घण्टा मतदान स्थगन पनि भएका थिए । स्थानीय तहमा राजनीतिक दल, उम्मेदवार र मतदाताको निर्वाचनप्रतिको चाहनाले धैर्यका साथ ठूलो सहयोग सद्भावका कारण छाता ओढेर, पाल टाँगेर भए पनि मतदान पूर्ण रुपमा सफल भयो, यो ज्यादै महत्वपूर्ण विषय हो । 

निर्वाचनको पटक पटक मिति सार्नुपर्ने एउटा आफ्नै कारण थियो, सरकारले राजनीतिक प्रयासका लागि त्यो गरेको हो । धार्मिक समुदायको पर्वलाई विचार गरेर अर्को एउटा मिति सार्नुपरेको थियो । त्यसैले अहिलेको लोकतान्त्रिक व्यवस्थामा सबै समुदायको स्वामित्व सिर्जना गर्नु ज्यादै महत्वपूर्ण कुरा हो, फलस्वरुप मिति सरेर पनि नेपाली जनता र राजनीतिक दलले निर्वाचन सफल पारेका हुन् । 

प्रश्न ः निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दलको भूमिका कस्तो रहेको पाउनु भयो त रु 

विभिन्न खाले सरोकारवालामध्ये निर्वाचनको प्रमुख साझेदार भनेका राजनीतिक दल नै हुन् । निर्वाचनको कार्यक्रम अर्थात् मनोनयन शुरु भइसकेपछि उम्मेदवारको पनि भूमिका हुन्छ, नागरिक समाज, सञ्चारकर्मी, पर्यवेक्षक, बुद्धिजीवी, पूर्वआयुक्त, अन्तर्राष्ट्रिय समुदाय र सबैबाट सकारात्मक रुपमा राम्रो सहयोग प्राप्त भयो । सबैको सहयोगको फलस्वरुप विश्व समुदायमा नेपालले स्थानीय तहको निर्वाचनमा उदाहरण प्रस्तुत गरेको छ, यो सबैको सहयोगबाट नै भएको हो । 

प्रश्न ः आचारसंहिताको पालनामा दलहरुको भूमिका र व्यवहारको कस्तो अनुभव गर्नुभयो रु 

आचारसंहिताको पालना सबैको लागि हो । निर्वाचनमा यो सबैले पालना गर्नुपर्दछ । दलहरुबाट आचारसंहिता पालना भएकै कारण पहिलो चरणको निर्वाचनमा मतदाता, उम्मेदवार र राजनीतिक दलको उत्साह देखिएको हो । केही स्थानबाहेक आचारसंहिताको परिधिभित्र रहेर नै प्रचारप्रसारको भएको पाइयो तर केही स्थानमा आचारसंहिता उल्लङ्घनका घटना भने नभएका होइनन् । त्यसका लागि आयोगबाट ध्यानाकर्षण गराउने, स्पष्टीकरण सोध्ने र सचेत गराउने काम भएको छ । पहिलो चरणको निर्वाचनमा मन्त्री नै बोलाएर निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी गराउँदै जिल्ला सदरमुकामभन्दा अन्यन्त्र नजान भनेका थियौँ । त्यसपछि आचारसंहिता अलि खुकुलो पारेका हौँ । पहिलो चरणको निर्वाचनमा त्यतिकै सफलता प्राप्त भएको होइन, प्रमुख जिल्ला अधिकारीलाई जनताले राखेका वैध हातहतियार जिल्ला प्रशासन कार्यालयमा सङ्कलन गर्न आदेश दियौँ । फलस्वरुप निर्वाचनमा हातहतियारको प्रयोग हुन पाएन । यो सफलताको एउटा सूचक हो । मदिरा बेचबिखन र प्रयोगमा नियन्त्रण हुनु भनेको पनि सकारात्मक पक्ष नै हो । 

आचारसंहिताको पालना गर्ने गराउनेमा विभिन्न पक्ष र विचारबाट अघि बढेका छौँ । आयोगले कतिपय संवेदनशील स्थानमा उच्चस्तरीय अनुगमन टोली र सूक्ष्म अनुगमनकर्ता खटाइएको थियो । प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पनि कारबाही गर्ने अधिकार दिएका थियौँ । आचारसंहिता पालना सबैबाट भएको हुँदा निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण भएको हो । मतगणनामा केही ढिलाइ भए पनि आफ्नो ट्रयाकबाट अघि बढ्नु भनेको आचारसंहिताको पालना गर्नु नै हो । यद्यपि आचारसंहिताको पालनाको विषयलाई अझै सुधार गर्न आवश्यक छ । 

प्रश्न ः समाचारमाध्यमले निर्वाचनमा कस्तो भूमिका निर्वाह गरे, यसप्रति आयोगको धारणा केकस्तो रह्यो रु 

स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमबाट ज्यादै ठूलो सहयोग रह्यो । निर्वाचनसँग सम्बन्धित सबै समाचारलाई उच्च प्राथमिकता दिएर प्रसारण र प्रकाशन भएका छन् । मिडियाबाट प्राप्त सहयोगको आयोगले उच्च मूल्याङ्कन गरेको छ । निर्वाचनको वातावरण बनाउन मिडियाले ज्यादै सकारात्मक भूमिका खेलेको छ । राष्ट्र, जनताप्रतिको जिम्मेवारी बोध गर्दै निर्वाचन गर्ने÷गराउने कामप्रति समग्रमा आमसञ्चारमाध्यमले सकारात्मक रुपमा राम्रो भूमिका निर्वाह गरेको छ । 

प्रश्न ः आमसञ्चारमाध्यमले सामाजिक पक्षलाई कतिको ध्यान दिएको पाउनुभयो, यसमा यहाँको टिप्पणी के छ रु 

समाजिक उत्तरदायित्वप्रति मिडियाको ठूलो भूमिका रहेको छ, राजनीतिक दल, उम्मेदवार र कर्मचारी मिडियासँग डराउनु भनेकै सामाजिक दायित्वसँग जोडिएको छ । निर्वाचन भनेको सोसल साइन्सको विषय हो । समाजलाई जागृत तुल्याउने काममा मिडियाको ठूलो भूमिका हुने गर्दछ । निर्वाचनको बेलामा मिडियाकै पनि अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मेवारी दिइएको छ । नेपाली जनताको लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र कार्यान्वयन गर्ने महान् इच्छालाई सहयोग पु¥याउने ढङ्गबाट पत्रकारले कलम चलाउनुपर्दछ । संविधानले त्यसैका लागि मिडियालाई असीमित अधिकार दिएको छ । 

प्रश्न ः स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा सबैभन्दा सकारात्मक र स्मरण गरिरहने विषय केही छन् रु 

पहिलो चरणको निर्वाचनमा घरबाट निस्कनेबित्तिकै ललितपुरको महेन्द्र आदर्श मतदान केन्द्रमा मतदाताको ठूलो लाइन र उत्साह देखेर साह्रै भावुक भएँ । निर्वाचनको सन्दर्भमा मतदाताको सहभागिता र उत्साह नै ठूलो उपलब्धि हो । निर्वाचनमा मतदाता सहभागी हुन्छ कि हुँदैनन् भन्ने द्विविधा थियो । लोकतन्त्रमा राजनीतिक दल, उम्मेदवार र मतदाता सबैभन्दा ठूला शक्ति हुन् । धैर्य, संयम र उत्साहका साथ आआफ्नो लाइनमा बसेर स्थानीय तहको निर्वाचनमा रेकर्ड कायम गर्ने ढङ्गबाट मतदान भएको छ, जसबाट लोकतन्त्र, सङ्घीयता र गणतन्त्र कार्यान्वयन निकै ठूलो योगदान भएको छ । संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी प्रतिनिधित्वको कार्यान्वय पनि सुनिश्चित भएको छ । 

प्रश्न ः आयोगले चाहेको तर कार्यान्वयन हुन नसकेका केही विषयवस्तु छन् कि रु 

पहिलो चरणको निर्वाचनमा सिकेका कुरा, दोस्रो चरणमा कार्यान्वयनमा ल्याइयो, दोस्रो चरणमा भोगेको अनुभव र सिकाइलाई आगामी निर्वाचनलाई प्रयोग गर्दै जानुपर्दछ । मतगणना छिटो गर्ने, जनशक्तिको प्रयाप्त व्यवस्थापन मिलाउने तथा मतदाता शिक्षामा जोड दिनेजस्ता विषयवस्तु र कार्यक्रमलाई निरन्तर रुपमा सुधार गर्दै लैजानुपर्दछ ।

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ