बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे दुई करोड लगानीमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउँदै

शुक्रबार, ०७ वैशाख २०७५, १३ : ५६
शुक्रबार, ०७ वैशाख २०७५

काठमााडौं– काठमाडौंको ठमेलस्थित नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज ’ सञ्चालनमा आउने भएको छ । सञ्चारकर्मी समेत रहेका रोशन दानी र युवा व्यवसायी अर्जुन थापाको लगानीमा रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको हो ।

वैशाखभित्र सञ्चालनमा आउँन लागेको रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ मा गीत संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका परिकार राखिने प्रबन्ध निर्देशक रोशन दानीले बताए ।  रेष्टुरेन्टमा चाइनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रबन्ध निर्देशक दानीको भनाई छ । 

‘रेड लायन्स लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए । रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म सञ्चालनमा आउनेछ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुति रहने जनाइएको छ । 

ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहाँवाट दहचोकको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको दानीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप