शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिओ अटोमोवाईल्सले फोर्ड फ्रीस्टाईल नेपाल भित्र्याँउदै

शुक्रबार, ०७ वैशाख २०७५, १२ : २३
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौं–  आगामी मे १–३ मा ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्रीस्टाइलको प्रदर्शन हुने भएको छ ।

एसयुभीे डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ ।

फोर्डले ल्याएको यो नयाँ  सियुभीले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरुमध्ये बढ्दो माग पुर्ति गर्ने आश फोर्डले राखेका छन् ।

‘डु एभ्रिथिङ एण्ड रिग्रेट नोथिङ’ नारा राखिएको फोर्ड फ्रीस्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त छ । फ्रीस्टाइलले सबै क्षेत्रमा रहेका ग्राहकलाई आकर्षित गर्दै आफ्नो बजारको भाग बढाउने अपेक्षा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप