शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको सुकेधारा र चरिकोटमा सेवा विस्तार

शुक्रबार, ०७ वैशाख २०७५, १२ : २३
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा सञ्जाल विस्तारका क्रममा काठमाडौको सुकेधारामा शाखा कार्यालय र दोलखाको चरिकोटमा उपशाखा कार्यालयसहित थप २ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

यि सेवा केन्द्रसहित कम्पनीको कुल शाखा संजाल ५४ पुगेको छ । पछिल्लो पटक संचालनका आएका  जीवन बीमा कम्पनीहरुमध्ये शाखा संजाल विस्तारमा ज्योति लाईफ अग्रस्थानमा रहने कम्पनीको दावी छ । 

विभिन्न व्यक्ति तथा संस्था गरी ४२ जना संस्थापकहरु रहेको कम्पनीको  अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको छ ।  कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी रु. २.२० अर्ब पुर्याउने जनाएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप