बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलले पुलिसमा दर्ता गरेको आरोपपत्र लिक, पूर्व प्रेमिकामाथि लगाए यस्तो आरोप

शुक्रबार, ०७ वैशाख २०७५, ११ : ३९
शुक्रबार, ०७ वैशाख २०७५

भारतीय हास्यकलाकार कपिल शर्माबारे लगभग हरेक दिन केही न केही खबर आइरहेका हुन्छन् । कपिलले प्रीतिविरुद्ध भारतको ओशिवारा पुलिस थानामा मुद्दा दर्ता गराएका छन् । कपिलले आरोप मराठी भाषामा दर्ता गराएको भएपनि एक समाचार च्यानलले यसलाई हिन्दीमा प्रकाशित गरेको छ ।

कपिलले आफ्नी पूर्व प्रेमिका प्रीति सिमोसलाई आफ्नो खराब अवस्थाका जिम्मेवार बताएका छन् । कपिलले उनको कम्पनीमा प्रीतिले जालझेल गरेको आरोप पनि लगाएका छन् । स्मरण रहोस्, प्रीति ‘कमेडी नाइट्स विद कपिल’ कि क्रिएटिभ डाइरेक्टर थिइन् । कपिलले आफ्नो उजुरीपत्रमा लेखेका छन्, ‘प्रीतिले नै पूरा कार्यक्रम तयार गर्थिन् । कार्यक्रममा कहिले के देखाउने भन्ने बारे पनि उनकै निर्णय हुन्थ्यो । कार्यक्रममा आउने स्टार्ससँगको तालमेल, उनीहरुका लागि आवश्यक सम्पूर्ण कुराको व्यवस्थालगायतका कामहरु उनकै जिम्मेवारीमा पर्दथ्यो ।’

‘मैले प्रीतिलाई सबै जिम्मेवारी दिँदै सुरुवातमा उनलाई दुई लाख पारिश्रमिकमा राखें । त्यति नै बेला मैले प्रीतिकी बहिनी नीतिलाई पनि आफ्नो प्रोडक्सन हाउसमा काम दिएँ । कम्पनी लगातार नाफामा गएकाले दुबैको पारिश्रमिक पनि बढ्दै गयो । कामका बेला प्रीति र नीति सँगै बस्थे । दुबैलाई मैले व्यवसायिक जीवनका साथै आफ्नो नीजि जीवनबारे पनि सबै बताउने गर्थें ।

कपिलले उजुरीपत्रमा आफ्नो रोष व्यक्त गर्दै लेखेका छन्, ‘दुबै दिदीबहिनीले मेरा अन्य सहयोगी कलाकारसँग भ्रम पैदा गर्ने पूरा कोसिस गरे । कार्यक्रममा आउने सेलिब्रिटीसँग राम्रो तालमेल मिलाउने उनको जिम्मेवारी थियो तर उनीहरुले यसमा लापरवाही गरे ।’

‘त्यसकारण मैले धेरै समस्या झेल्नुपर्यो । सेटमा थुप्रै पटक भ्रम पैदा भयो । यसले मेरो सेलिब्रिटीसँगको सम्बन्ध पनि खराब बनायो । मेरो बदनामी भयो । यसले मेरो काममा नकारात्मक असर पुर्यायो,’ उनले भने ।

‘जब स्थिती बिग्रियो तब मैले सीमामा रहेर विरोध गर्न सुरु गरें तब उल्टै मलाई ब्ल्याकमेल गर्न थालियो । साथै मैले उनलाई मुद्दा समाप्त गर्न आग्रह गरें तर मैले ‘मबिना तिमीले इन्डष्ट्रिमा केही काम नै गर्न सक्दैनौ । म तिमीलाई छोड्दिन्छु । म तिमीलाई इन्डष्ट्रिमा समाप्त गरेरै छोड्छु र यदि तिमीलाई यी सबै कुराबाट छुटकारा चाहिन्छ भने हामीलाई २५ लाख दिनुपर्छ’ लगायतका कुराहरु सुन्नुपर्यो,’ उनले आफ्नो आरोपपत्रमा बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप