मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ र एभरेष्ट बैंकले घटाए खराब कर्जा, नाफामा पनि बृद्धि

शुक्रबार, ०७ वैशाख २०७५, ११ : ०९
शुक्रबार, ०७ वैशाख २०७५

काठमाडौँ । सिद्धार्थ बैंक र एभरेष्ट बैंकले चालु आर्थिक वर्ष ( २०७४/७५ ) को तेस्रो त्रैमासमा नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख  रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा २८ प्रतिशतले नाफा बढेको हो ।  गत वर्ष बैंकको नाफा ९५ करोड ७० लाख  रुपैयाँ थियो । सिद्धार्थले ब्याजबाट पनि राम्रै कमाएको छ । बैंकको ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । खराब कर्जा घटाएर १.३१ प्रतिशतमा झारेको छ । गत वर्ष १.७१ प्रतिशत खराब कर्जा थियो । 

बैंकले कल इन एडभान्सको रकम जोडेर नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापूँजी पुर्याएको छ । चुक्तापूँजी ८ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थको  सिसिडी रेसियो (कर्जा/पूँजी/निक्षेप अनुपात)  बढेर ७८.१० प्रतिशत पुगेको छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २०.५२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा रहेको छ । बैंकले यस अवधिमा ९० अर्ब ४० करोड निक्षेप संकलन गर्दा  ७९ अर्ब ८८ करोड ऋण लगानी गरेको छ ।

यता एभरेष्ट बैंकले पनि नाफा १८.१९ प्रतिशतले  बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।  चालु आवको तेस्रो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अबधिमा एभरेष्टको खुद नाफा  १ अर्ब ५२ करोड थियो । बैंकले खुद ब्याज आम्दानी पनि २१.५३ प्रतिशत बढोत्तरी गरेर ३ अर्ब २५ करोड रुपैयाँ कमाएको छ । गत वर्ष २ अर्ब ६७ करोड रुपैयाँ थियो ।

एभरेष्टले पनि राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजीको लक्ष्य भेट्टाएको छ ।  बैंकको पुँपी ८ अर्ब १० करोड पुगेको छ ।  तर  बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ ।

गत वर्षको यसै अवधिमा ४४.९५ रुपैयाँ प्रतिसेयर आम्दानी भएको एभरेष्टको यो त्रैमासमा २९.९६ रुपैयाँ प्रतिसेयर आम्दानी छ ।  प्रतिसेयर नेटवर्थ भने १७२.९३ रुपैयाँ  छ । बैंकको खराब कर्जा भने घटेको छ । गत  वर्षको यस अवधिमा ०.६७ प्रतिशत खराब कर्जा रहेको बैंकले घटाएर ०.२३ प्रतिशतमा झारेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप