शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिको हार्दा बार्सिलोना उपाधिबाट मात्र एक जीत टाढा

शुक्रबार, ०७ वैशाख २०७५, ०९ : ५१
शुक्रबार, ०७ वैशाख २०७५

म्याड्रिड । रियल सोसिडाडसँग एथ्लेटिको म्याड्रिड स्तब्ध बनेपछि बार्सिलोना लिग उपाधिबाट मात्र एक जीत टाढा रहेको छ ।

आगामी खेलमा जीत हासिल गरे बार्सिलोनाको यो २५ औँ ला लिगा उपाधि हुनेछ ।

बिहिबार राती भएको खेलमा डिएगो सिमियोनीको टोली ३–० ले पराजित हुनपुग्यो ।

विलायन जोसेले एडान जानुजाजको पासमा गोल गर्दै सोसिडाडलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

खेलका दोस्रो हाफको अन्त्यतिर जुनामीले दुई गोल थप्दै सोसिडाडलाई जीत दिलाए ।

बार्सिलोनाले अप्रिल २९ मा डिर्पोटिभो ला कोरुनाको सामना गर्नेछ । उक्त खेलमा जीत हासिल गरे बार्सिलोना लिग च्याम्पियन बन्नेछ ।

गत सिजन बार्सिलोना रियल म्याड्रिडभन्दा तीन अंकले पछि पर्दै दोस्रो स्थानमा सिमित भएको थियो ।

यो सिजन ५ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको एथ्लेटिको बार्सिलोनाभन्दा १२ अंकले पछि रहेको छ ।

एथ्लेटिको म्याड्रिडले २६ अप्रिलमा युरोपा लिगको सेमिफाइनलमा आर्सलनको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप