बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला बेच्ने तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश

बिहीबार, ०६ वैशाख २०७५, २० : ४२
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ ।  सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । 

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

नुवाकोटका करीव २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । 

नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो । 

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले विसं २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराउनुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप