शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस विधिसम्मत चले मात्र नेविसंघ विधिसम्मत चल्छ : नेता सिंह

बिहीबार, ०६ वैशाख २०७५, २० : ४०
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधानसम्मत चलेमात्र नेविसंघ विधिसम्मत चल्ने बताएका छन् । 

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ प्रदेश–३ ले आज यहाँ आयोजना गरेको ‘नेविसंघ र वर्तमान दायित्व’ विषयक गोष्ठीमा उनले भने, “नेपालको राजनीतिक इतिहासमा नेविसंघको महत्वपूर्ण भूमिका रहेको छ ।” 

नेता सिंहले संघको आन्तरिक समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गृहकार्य शुरु गर्न आग्रह गरे । 

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले काँग्रेसलाई वैचारिक र सांगठनिकरुपमा चुस्तदुरुस्त बनाएर अगाडि लैजान सके मात्र लोकप्रिय पार्टी बन्ने धारणा व्यक्त गरे । 

काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सामुदायिक विद्यालयमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न नेविसंघ लाग्नुपर्ने बताए । 

“काँग्रेस गुटउपगुटमा लाग्दा नेविसंघसमेत गुटउपगुटमा लागेको छ, यस्तो तरिकाले पार्टी चल्दैन”, उनले भने । 

नेता डा कोइरालाले इतिहासमा पहिलोपटक काँग्रेस र नेविसंघ कमजोर भएको उल्लेख गर्दै पार्टी नेतृत्वले व्यक्ति हारेको छ, पार्टी हारेको छैन भनेर दिएको अभिव्यक्ति गलत मानसिकताको उपज भएको टिप्पणी गरे । 

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले काँग्रेसभित्र देखिएको सामन्तवादी शैलीलाई परास्त गर्नुपर्नेमा जोड दिदैं “नेविसंघका हरेक विद्यार्थी आत्मनिर्भर भए मात्र कसैले हेप्न सक्दैन,” भने । 

नेविसंघ प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले कमजोर काँग्रेसलाई बलियो बनाउन नेविसंघले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेविसंघको ११ जिल्लामा देखिएको विवाद समाधान गर्न वर्तमान नेतृत्व गम्भीर नभएको आरोप लगाए । 

कार्यक्रममा काँग्रेस नेता प्रा डा गोविन्दराज पोखरेल, उमेशजंग रायमाझी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका नेता लीलाबल्लभ दाहाल, मनोज वैद्य, सुशील भट्टलगायतले सबै एकताबद्ध भएर अगाडि बढे मात्र नेविसंघ र काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । 

यसैबीच आजै नेपाल विद्यार्थी संघ काठमाडौँले नेविसंघको स्थापना दिवसका अवसरमा शान्तिबाटिकामा दीप प्रज्वलन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप