केन्द्रीय संस्करण

विषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर मापन गर्नुपर्छ

person access_timeबैशाख ६, २०७५ chat_bubble_outline0

विराटनगर ।  प्रदेश नं. १ को आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा अधिकांश प्रदेशसभा सदस्यले समसमायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

जसमाया गजमेरले भारतबाट आयात हुने विषादीयुक्त तरकारीलगायतका फलफूलको गुणस्तर मापन गर्नुपर्ने बताइन् । 

सरिता थापाले संंखुवासभाका तीन स्थानीय तहलाई राष्ट्रिय सडक यातायातको सञ्जालसँग जोड्नुपर्नेमा जोड दिइन् ।  

वसन्त बानियाँले मेची नदीमा तटबन्ध निर्माण गरी छेउमा सडक विस्तार गर्नुपर्ने तथा झापामा हात्ती नियन्त्रणका लागि दीर्घकालीन व्यवस्था मिलाउन सरकारसंग आग्रह गरे । 

नारायणबहादुर मगरले सप्तरीको भेडिया–उदयपुर–नाम्चे सडकलाई राष्ट्रिय योजना आयोगमा राख्नुपर्ने तथा नदी नियन्त्रण व्यवस्थापन गर्र्नुपर्ने बताए । 


शिवनारायण गनगाईले रतुवा तथा बक्राहा नदीको बाढी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण गर्नुपर्नेमा धारणा व्यक्त गरे । 

रामचन्द्र लिम्बूले धनकुटाको सुन्तला खेतीका किसानलाई अनुदान दिनुपर्ने र झापाको गौरादह वडा नं १ र ६ सडकलाई कालोपत्रे गर्नुपर्ने बताए ।

विष्णु तुम्बाहाम्फेले युरोपियन संघले निर्वाचन सम्बन्धमा दिएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरे । 

प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ