शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानको संशोधित विधान पारित

बिहीबार, ०६ वैशाख २०७५, २० : १०
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को आज यहाँ बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ ।  साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताकोत्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो । 

आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि अब क्यानको निलम्वन फुकुवा हुने सम्भावना बढेको बताइएको छ । 

संशोधित विधानमा पुरानो कार्यसमितिका १७ र राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सात जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको विधानमा उनीहरुले निःर्शत भोट हाल्न र उम्मेदवार हुन पाउने व्यवस्था थियो । 

अब क्यानको निर्वाचन गराउनका लागि अनुगमन समिति गठन हुनेछ । सो समितिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । समितिमा आइसिसीबाट तीन, राखेप र निर्वाचित क्यानबाट एक÷एक प्रतिनिधि सदस्य रहनेछन् । 

विधान पारितभएसँगै नेपाली क्रिकेटको विकास, विस्तारमा सहयोग पुग्ने तथा क्यानको निलम्वन पनि पुकुवा हुने सम्भावना बढेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । 

विधान पारित गरे नेपाल क्रिकेट संघमाथि गरिएको निलम्वन फुकुवा गर्ने आइसिसीले यसअघि नै जनाइसकेको छ । 

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए  । क्यानका तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी गरेको थियो । राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समितिसमेत गठन गरेको थियो । 

निष्पक्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसिसीले विसं २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप