शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य संघ सुर्खेतमा तालाबन्दी

बिहीबार, ०६ वैशाख २०७५, १८ : ५२
बिहीबार, ०६ वैशाख २०७५

सुर्खेत– सुर्खेत उद्योग वाणिज्य संघमा तीनवटा ताला लगाइएको छ । उद्योग वाणिज्य संघको वर्तमान कार्य समितिको कार्यशैली प्रति असन्तुष्ट बनेका व्यवसायीहरुको समूहले दुईवटा गेटमा तीनवटा ताला लगाएका हुन् । 
असन्तुष्ट आम व्यवसायीहरुको तर्फबाट संयोजक कलाधर शर्मा (केदार) को नेतृत्वमा विहिबार उद्योग वाणिज्य संघ कार्यालयको मुल गेटमा दुई वटा र अफिस कोठामा एक वटा ताला लगाइएको छ । आम उद्योगी, व्यवसायीहरुको सहभागितामा उद्योग वाणिज्य संघको विधान संशोधन गर्नुपर्ने, वर्तमान कार्यसमिति भंग गरी सबैको सहभागितामा तदर्थ समिति गठन गरी सोही समिति मार्फत आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, संयुक्त व्यावसायीहरुको तर्फबाट विगतमा राखिएका मागहरु निःशर्त पूरा गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनाइएको छ । 

धेरै व्यवसायीहरुको भावना विपरित संघको वर्तमान कार्यसमितिले विधान संशोधन, निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै संयोजक शर्माले वार्ताको वातावरण बनाउन ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए । वर्तमान कार्य समितिले उद्योग वाणिज्य संघको विधान एकलौटी रुपमा संशोधन गरी अध्यक्ष र कार्यसमिति पदाधिकारी पदमा उम्मेदवारी दिन कडा सर्तहरु राखिएको छ भने कार्यसमितिको संख्या समेत घटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप