शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा बैशाख ११ गते नेपालमा एफ सेभेन सार्वजनिक गर्ने

बिहीबार, ०६ वैशाख २०७५, १७ : ५९
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं– ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । काठमाडौमा बृहत समारोह गरेर बैशाख ११ गते ओपो एफ सेभेन घोषणा गर्ने भएको हो । कार्यक्रममा नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका हस्तिहरु अदिती बुढाथोकी र मलिना जोशी कार्यक्रममा उपस्थित हुने आयोजकले जनाएको छ । 

कार्यक्रममा भिडियो मार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेनमार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा उनीहरुसँग प्रत्यक्ष सहभागी भई सेल्फी खिच्ने अवसर पनि प्राप्त गर्नेछन् । यसका लागि क्याम्पनेमा सहभागी विजेताले तोकिएको ह्याशट्याग प्रयोग गरी ३ साथीलाई ट्याग र भिडियोलाई लाइक तथा सेयर गर्नु पर्ने हुन्छ । क्याम्पेन एप्रिल १४ देखि अप्रिल १९ सम्म लागू गरिएको छ । 

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ । नव प्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र व्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।

यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

ओपो एफसेवेनमा उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।  नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । प्रकाश समायोजन गरी तीब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ । 

ओपो एफसेवेनमा रहेका अन्य रोचक फिचर्स
ओपो एफसेवेनमा एआई प्रविधि युक्त अन्य विभिन्न फिचर्सपनि उपलब्ध रहेका छन् । एआई एल्बमः फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार, स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाउ पुर्याउँछ । 

एआई बोर्ड फिचरः फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पुर्याउँछ । 

एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाउ पुर्याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी)लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ । यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफाफइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले उर्जा ब्यवस्थापनमा समेत सघाव पुर्याउँदै ब्याट्रीलाई थप समयसम्म टिकाउन सघाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप