बिदा माग्दै गर्दा बृद्धा आमाको अाँखामा आँसु : भावुक हुँदै गन्तब्यतर्फ लागे मन्त्री विष्ट
प्रेम सुनार, गुल्मी– सेतै फुलेकी आमा छोरा आउने खवरले बाटो हेर्दै दलानमा बसेकी थिइन् ।
नभन्दै छोरा अर्थात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट जन्मघर आइपुगे ।
मन्त्री भएपछि पहिलो पटक वुधवार गुल्मीको दोहलीस्थित घर पुगेका विष्टले आमासँग १५ मिनेट पनि समय दिएर बस्न भ्याएनन् । छोरा विष्टले जिल्लाबाट गएका जनप्रतिनीधि, सहायक सिडियो लगायतका व्यक्तिहरुलाई परिचय गराउने क्रममा भने आमाको ओठमा मुस्कान छाएको देखियो ।
घरमा खाना खाएर विभिन्न कार्यक्रममा जानुपर्ने बाध्यताका कारण विष्ट आमाको पाउँ ढोगेर, एकैछिन सञ्चोविसन्चो सोधेर ठुला दाजु लक्ष्मण विष्टको घरमा गए ।
खाना खाँदै गर्दा पनि विष्टको मोवाइल घण्टी बजिरह्यो । कहिले विद्यालय त कहिले संघ संस्थाबाट आउने फोनमा मन्त्रीलाई जवाफ दिन भ्याई नभ्याई थियो ।
यहि चटारोमा मन्त्री विष्टले बुधवार एकै दिन स्वागत थाप्नेदेखि दर्जनौ कार्यक्रममा सम्बोधन गर्न भ्याए । दिनभरका कार्यक्रम भ्याएर घर फर्केका मन्त्री विष्टले ‘आमा म अहिले हिँड्छु है’ भन्दै शिर निहुराई आमाको पाउँ ढोगे,जुनवेला आमाको आँखाबाट बगेको आँशु मन्त्री छोराको शिरमा थोपा थोपा खस्दै थियो ।
उनकी आमाले भनिन्–‘बाबु अहिल्यै गइहाल्छौं र ? एकछिन बसन’ जवाफमा मन्त्री विष्टले भने–‘एकछिन पनि फुर्सद छैन आमा । म अहिले जान्छु , डेढ महिनापछि आउँछु र बसौंला ।’
निहुँरेर आमाको पाउँ ढोग्दै मन्त्री विष्ट घरबाट विदा हुनसाथ आमाले दुखेसो पोखिन् ‘आयो भलवाढी गयो...।’
त्यसो भन्दै गर्दा आमाको आँखामा अश्रृधारा बगेका थिए । मन्त्री विष्ट पनि मन थामेर भावुक हुँदै र फर्किफर्कि आमालाई नियाल्दै उकालो लागे । आँखाको दृष्टीले पुग्ने वेलासम्म आमाको आँखा छोरातिरै थियो ।
अन्ततः आमा छोरा दुबैले नियाल्दा नियाल्दै मन्त्रीको सवारी टोलीले झण्डा फर्फराउँदै गाडी कुदाए । दुई छोरी र पाँच भाई छोरामध्ये साईला छोरा मन्त्री विष्ट आमासँग न्यास्रो मेट्ने गरी लामो समय कहिल्लै बस्न पाएका छैनन् ।
छोराले जान्छु भनेपछि ‘चाँडै आउनु है वावु...’ आमाले पटक पटक दोहर्याइन् । विष्टकी आमा ८९ वर्षकी भइन् । श्रीमान भीमबहादुर विष्टको निधन भई सकेको छ । उनी कान्छा छोरा चुराबहादु विष्टसँग मुलघरमा बस्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा