बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाको अफ्रिनबाट मात्रै १ लाख ३७ हजार विस्थापित

बिहीबार, ०६ वैशाख २०७५, १७ : ०७
बिहीबार, ०६ वैशाख २०७५

एजेन्सी– सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन् । 

संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार गत जुन २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् । 

नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी समन्वय कार्यालयलाई उदृत गर्दै महासचिव एन्टोनिओ गुथ्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले यति धेरै विस्थापित भएको तथ्यांक बुधबार सार्वजनिक गरेका हुन् । 

अफ्रिनबाट विस्थापित भएकालाई राष्ट्रसंघको तर्फबाट विभिन्न सहयोग सामग्री प्रदान गरिदै आएको पनि उनले बताए । 

राष्ट्रसंघले त्यस जिल्लामा प्रत्यक्ष र नियमित सम्पर्क गर्न र सहयोग गर्न भने नपाएको प्रवक्ता स्टेफनको भनाइ छ । 

“विस्थापितलाई मानवीय सहायताका लागि सहज र नियमित पहुचको चुनौती हामीले भोगीरहेका छौँ,” स्टेफनले पत्रकारसँग भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप