शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसुङ ग्यालेक्सी  एस९ प्लस १२८ जीवीसहित

बिहीबार, ०६ वैशाख २०७५, १६ : ०६
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ– सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले ग्यालेक्सी  एस ९ प्लस १ सय २८ जीवीसहित नेपाली बजारमा ल्याउने भएको छ  ।  अप्रिल १७ देखि सुरु भएको सामसुङ ग्यालेक्सी  एस ९ प्लस १२८ जीवीको प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने बताइएको छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । 

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको बोटल स्पीकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमवी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।  जसको १०९,९०० को मूल्य रु ५००० को क्यासब्याक उपलब्ध गराइनेछ । त्यसपश्चात् न्बबिहथ क्ढं को प्रभावकारी मूल्य रु १०४, ९०० रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप