शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको विशेष साधारणसभा सुरु

बिहीबार, ०६ वैशाख २०७५, १५ : ३९
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा काठमाडौंमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिको उपस्थितिमा विशेष साधारण सभा सुरु भएको हो । 
साधारणसभाले विधानमा रहेका विवादित बुदालाई हटाएर नयाँ विधानलाई पारित गर्नेछ ।

क्यानको आन्तरिक विवादको कारण देखाउँदै २०७३ साल बैशाख ८ मा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि लगातार निलम्बनमा रहेको क्यान आफ्नो विधान संशोधन गर्न राजी भएसँगै निलम्बन फुकुवा हुने संकेत देखिएको छ । निलम्बन लगत्तै क्रिकेट संघलाई एकत्रित गर्न विधान बनाउन आईसीसीले पूर्व अध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले तयार पारेको विधान क्यान अध्यक्ष चतुरबहादुर चन्दको निर्वाचित कमिटीले संशोधन गर्दै आफू अनुकूल विधान बनाएपछि आईसीसी झनै चिढिएको थियो । 

शुक्रबारसम्म चल्ने यो साधारण सभाले आईसीसीले भने बमोजिम विधान संशोधन गरे साधारण सभाबाट क्यानमाथिको निलम्बन फुकुवा गर्ने बताइएको छ । तर गएको माघमा आईसीसीसँगको द्धिपक्षीय वार्तामा आफू अनुकूल संशोधन गरिएको बुदाहरु हटाउँदै सल्लाहकार समितिले बनाएको विधान पारित गर्न क्यानका पदाधिकारीहरु राजी भएका थिए ।

त्यो सहमति बमोजिम नै क्यानको विधान संशोधन गर्न यो विशेष साधारण सभा आयोजना गरिएको हो । यो विशेष साधारण सभा गराउन आईसीसीले पनि आर्थिक सहयोग गरेकाले २ वर्षदेखि नेतृत्वविहिन बनेको क्यानले नयाँ जीवन पाउने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप