शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले बढाउन थाले निक्षेप, एक महिनामा ४९ अर्ब संकलन

बिहीबार, ०६ वैशाख २०७५, १५ : ३७
बिहीबार, ०६ वैशाख २०७५

काठमाडाैं-बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । तेस्रो त्रैमासिक सकिँदा बैंकहरुले निक्षेप बढाएको तथ्यांक नेपाल बैंकर्स संघ (एनबीआइ) मा पठाएका छन् ।   

चैत मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप २२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म २२ खर्ब १४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले चैत मसान्तसम्म आइपुग्दा ५४ अर्ब रुपैयाँले बृद्धि गराएर २२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुर्याएका छन् । 

यसमा २१ खर्ब ९० अर्ब स्वदेशी निक्षेप छ भने ७८ अर्ब रुपैयाँ विदेशी मुद्राका निक्षेप छन् । चैत महिनामा मात्रै बैंकहरुले ४९ अर्ब निक्षेप संकलन गरेका हुन् । यसले पनि बैंकमा निक्षेप बढ्न थालेको प्रष्ट हुन्छ । 

उसो त बैंकहरुले तरलता अभाव देखाउँदै लगानी नै ठप्प पारेको भनिएपनि ऋण लगानी ८० अर्ब रुपैयाँ नाघेको छ । बाणिज्य बैंकहरुको पुस मसान्तसम्म १९ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा चैत मसान्तसम्म आइपुग्दा २० खर्ब २ अर्ब रुपैयाँ ऋणमा लगानी पुगेको छ । 

यद्यपि, पछिल्ला महिनामा निक्षेपको भोल्यूम भने बढ्दै गएको देखिन्छ ।  बैंकहरुलाई निक्षेप संकलन कम हुँदा पनि कर्जा लगानीमा आक्रामक भएकाले समग्र बैंकिङ प्रणाली नै प्रभावित भएको अरोप लाग्दै आएको छ । 

बैंकलाई निक्षेप संकलनको हिसाबले माघ महिनामा भने सकस देखिएको छ । पुस भन्दा माघमा बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैकर्स संघले जनाएको छ ।  ब्याजदर बढाउँदा पनि निक्षेप बढ्न नसकेपछि बैंकहरुले ब्याजदरमा स्थिर गरेका छन् । यद्यपि, अहिले स्थिती विस्तारै सहज हुँदै गएको भन्दै स्थिर व्याजदरमा पुनरावलोकन गर्नुपर्ने माग पनि बैंकहरु विच उठ्न थालेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप