शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलीभेरीमा जलयात्रा सुरु

बिहीबार, ०६ वैशाख २०७५, १४ : ३४
बिहीबार, ०६ वैशाख २०७५

जाजरकोट– ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गरे । 

मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताए । उनले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताए । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो । 

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप