बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मूलपानीस्थित क्रिकेट मैदान निर्माणको काम तत्काल सुचारु हुने

बिहीबार, ०६ वैशाख २०७५, १४ : ०६
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं– सरकारले काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारु गर्ने घोषणा गरेको छ ।  युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारु गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभालाई सम्बोधन गर्दै उनले मैदान निर्माणको कामलाई अघि बढाउन जग्गासम्बन्धि विवाद समाधान गर्न मन्त्रिपरिषदमै प्रस्ताव लैजान लागिएको पनि जानकारी दिए । मन्त्रिपरिषदले जग्गासम्बन्धि विवाद समाधान गर्ने वित्तिकै मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्यले गति लिने मन्त्री विश्वकर्माको विश्वास छ ।

मन्त्री विश्वकर्माले क्यानमा देखिएको विवाद चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे । उनले क्यानभित्र देखिएको विवाद समाधान गर्न आवश्यक पहल गरिदिन संचारकर्मीहरुसँग पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप