बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१९९९ मा सुविसुको नयाँ अफर

बिहीबार, ०६ वैशाख २०७५, १३ : ३९
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं–केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि। ले रु १९९९ मा क्लियर टिभी सेवा अफर ल्याएको छ । अफर अन्र्तगत यो ग्राहकले सेटअप बक्स, इन्स्टालेसन चार्ज र सब्सक्रिप्सन सेवा लिन सक्ने सुविसुले जनाएको छ ।  

क्लियर टिभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध गराएको र प्रति महिना न्युनतम रु।५०० देखि रु।७०० सेवा शुल्क रहेको बताइएको छ ।साथै एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिद गर्दा बिषेश छुट प्राप्त गर्ने व्यवस्था गरिएको सुविसुले जनाएो छ । ग्राहकहरुले क्लियर टिभी र इन्टरनेट सेवाको बन्डल्ड प्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्ने सुविसुले जनाएको छ ।यो सेवामा एक वा सो भन्दा बढी जडान सेवा उपलब्ध छन् ।  

सुबिसुले आफ्ना ग्राहकहरुलाई डिजिटल टिभी र इन्टरनेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । जसमा २५० भन्दा बढी डिजिटल च्यानलहरु विस्तार गरेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप