शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्डिकेट खारेज गरेको निर्णयको महासंघद्वारा स्वागत

बिहीबार, ०६ वैशाख २०७५, १२ : ३६
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं–सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गरेको निर्णयको राष्ट्रिय उद्योग व्यापार महासंघले स्वागत गरेको छ । 

महासंघका अध्यक्ष शिवप्रसाद कट्टेलले रातोपाटीसंग कुरा गदै भने,‘सरकारले गरेको सिन्डिकेट विरुद्धको निर्णयको स्वागत र समर्थन गछौ ,अब प्रतिस्पर्धामा व्यवसाय गर्ने वातावरणको निमार्ण भएको छ ।’

यहि मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले देशभरी रहेको यातायात समितिको सिन्डिकेटको अन्त्य गर्ने निर्णय गरेको थियो । 

सरकारको यो निर्णबाट देश भरिरहेका करिब ३ सय भन्दा बढी यातायात समितिहरुको सिन्डिकेट विधिवत रुपमा तोडिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप