शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालिका पावरले १२ करोडको आइपीओ निष्काशन गर्ने

बिहीबार, ०६ वैशाख २०७५, ११ : १२
बिहीबार, ०६ वैशाख २०७५

कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डका आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । यसको बिक्रि प्रबन्धकको काम  काठमाडौ क्यापिटल मार्केट र  ग्लोबल आइएमइ क्यापिटल मार्केटले गर्नेछन् ।  
बोर्डबाट आइपिओ निष्काशनको स्विकृति पाएपछि कम्पनीले सेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरको १२ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।  यसअघि कालिकाले आयोजना प्रभावित गोरखाका स्थानीयलाई १० प्रतिशत अर्थात ६ लाख कित्ता आइपिओ निष्काशन गरेको थियो । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप