बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सन्तानकी आमा हुन् सन् २०१८ की सर्वाधिक सुन्दर महिला

बिहीबार, ०६ वैशाख २०७५, ०९ : ११
बिहीबार, ०६ वैशाख २०७५

हरेक वर्ष झैं यस वर्षपनि पिपल म्यागजिनले वर्षको सर्बाधिक सुन्दर महिलाको नाम घोषणा गरेको छ ।

सन् २०१८ को आफ्नो म्यागजिनको विशेषांक ‘द ब्यूटिफल इश्यू’ का अनुसार सबैभन्दा सुन्दर महिलाको रुपमा ‘एलिसा बर्थ मोरे’ उर्फ पिंकलाई चुनिएको छ । एलिसा पेशाले एक गायिका हुन् ।

उनका १५ महिनाका छोरा जेमिसन मून र ६ वर्षीया छोरी विलो सेगसँगको फोटो पिपल म्यागजिनले आफ्नो कभर पेजमा राखेको छ ।

पिपल म्यागजिनका प्रमुख सम्पादक जेस केगलले एलिसालाई छान्नुका कारण बताए । उनले भने, ‘उनी एक इमान्दार महिला हुन् । यसका साथै उनी एक आमा, एक प्रस्तोता र रोल मोडल पनि हुन् ।’

‘उनी निकै आकर्षक, प्यारी र सही रुपमा इन्टरटेनर हुन् ।’ उनले थपे, ‘यो अवार्ड संसारका सबै प्रकारका रुप रंग भएका मानिसहरुका लागि थियो । अवार्डका लागि यस्तो व्यक्तिको खोजी भइरहेको थियो जो प्रभावशाली हुनुका साथै जसभित्र कला छ र मानवताको सिद्धान्तलाई सम्मान गरोस् ।’

स्मरण रहोस्, एलिसा (पिंक) लाई ७० सुन्दर महिलाको सूचीको शीर्ष स्थानमा राखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप