शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर कारागारमा कैदीबन्दीको बिजोग

बिहीबार, ०६ वैशाख २०७५, ०८ : ३१
बिहीबार, ०६ वैशाख २०७५

कञ्चनपुर - कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । 

९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् । 

कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए । 

कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ । 

कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन् । 

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । 

कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर भट्टले भने, “समस्या समाधान भएको छैन ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप