इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता
काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी वैशाख ८ हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।
नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत समूहले उम्मेदवारी दर्ता गराएको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार कुल १८ पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । समूहभन्दा फरक स्वतन्त्र रुपमा कृष्ण केसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उनका अनुसार इक्यानको आगामी वैशाख ८ गते हुने १२ औँ साधारणसभाले १८ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
पाण्डेको समूहमा उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ लिम्बू र सपना भण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसाल, कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सहकोषाध्यक्षमा निरुपमा महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
बस्नेत समूहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सूर्यबहादुर डाँगी तथा सहकोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
साधारणसभामा ३७७ जनाले मतदान गर्नेछन् । इक्यानमा पाँच जिल्ला शाखासहित करिब ५०० कल्सटेन्सी आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा