बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीसँगै विभिन्न रोगको समस्याः सतर्क रहन आग्रह

बिहीबार, ०६ वैशाख २०७५, ०६ : ५८
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं - काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुमा गर्मी मौसमको सुरुआतसँगै गर्मीका कारण उत्पन्न रोगका बिरामीहरुको चाप ह्वात्तै बढ्न थालेको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्यामा शतप्रतिशत वृद्धि भएको छ भने अन्य अस्पतालमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी प्राप्त भएको छ ।

गर्मी मौसम सुरु भएसँगै विशेष गरी बालबालिका बढी प्रभावित भएका छन् भने अन्य उमेर समूहका बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । आजको गोरखापत्रमा समाचार छ ।

चिकित्सकहरुले उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या आएको भन्दै सतर्क रहन सबैसँग आग्रह गरेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मी मौसमको सुरुवातसँगै टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने गरेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप