शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा

बिहीबार, ०६ वैशाख २०७५, ०५ : ३९
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौ - कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले समेत आफ्नो दाबीलाई अझ कसिलो बनाउँदै लगेका छन् ।

श्रेष्ठले भने, 

-उपसभापतिको प्रमुख दाबेदार म नै हुँ । 

-मलाई सबै पक्षले स्वीकार्छन पनि ।

-सिनियरको हिसाबले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि म नै हो । 

आफूलाई उसिभापतिमा मनोनित गरे केन्द्रीय समितिमा विरोध नहुने उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप