शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

बुधबार, ०५ वैशाख २०७५, २० : ३८
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ ।  युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् ।  

संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले उक्त पदबाट राजीनामा दिएको जानकारी गराए । 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश नं ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले जानकारी गराए । 

विसं २०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ । 

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिएका छन् ।  

असन्तुष्ट पक्षले सर्वसम्मत् नेतृत्व चयन गर्ने नाममा नेतृत्व निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेकामा चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाबाट नेतृत्व चयन नभएमा समानान्तर संगठन गठन हुनसक्ने बताएका छन् । 

यही वैशाख ४ गतेदेखि शुरु भएको बैठकमा संगठनका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले मुलुकको दिगो विकास र समृद्धिका लागि युवा वर्गलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप