बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री भट्ट र फिनल्याण्डका पदाधिकारीबीच भेटवार्ता

बुधबार, ०५ वैशाख २०७५, २० : ३३
बुधबार, ०५ वैशाख २०७५

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र फिनल्याण्डको विकास नीति समिति (डिपिसी)का पदाधिकारीबीच आज यहाँ भेटवार्ता भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्ताका क्रममा दुई पक्षबीचको आपसी हितका विषयमा छलफल भएको सो कार्यालयले जनाएको छ । 

भेटका क्रममा मुख्यमन्त्री भट्टले फिनल्याण्ड सरकारले नेपाल सरकारलाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिए । 

फिनल्याण्डका संसद सदस्य एवं डिपिसीका अध्यक्ष अ‍ैला पालोनिइमी र डिपिसीका उपाध्यक्ष सारा सोफिया सिरेन टोलीमा सहभागी थिए । 

यसैबीच, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तामा कार्यालयका उपसचिव विसनसिंह थापालाई तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप