शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

बुधबार, ०५ वैशाख २०७५, १८ : ४२
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र युनियन लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब  ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  
बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप