मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेसम्म अर्काको भरमा बाँच्यौं, अब उत्पादनको काममा लाग्नुपर्छः  शाही

बुधबार, ०५ वैशाख २०७५, १८ : ३६
बुधबार, ०५ वैशाख २०७५

कालिकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरणा पुगेका मुख्यमन्त्री शाहीले यहाँ आयोजित पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा नहुने बताउँदै सबै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याए । शाहीले भने– ‘अहिलेसम्म हामी अर्काका भरमा बाँच्यौं, अब कर्णालीको प्राकृतिक श्रोतलाई प्रयोग गरेर आत्मनिर्भर वन्नुपर्छ ।’  

पर्यटन र कृषिमार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर बनाउने योजना सरकारले लिएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी बजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमुलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उनको भनाई थियो । 

राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अब विकास र समृद्धिको नेतृत्व लिने समेत दाबी गरे । मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफुले प्राप्त गरेको बताउँदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पूरा गर्न आफु प्रतिबद्ध रहेको बताए ।  पहिलोपटक गृहक्षेत्र पुगेका मुख्यमन्त्री शाही आज स्थानियवासीसँग पचालझरणामै बस्ने कार्यक्रम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप