बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमई बैंक र बेलायतको क्रसपे लिमिटेडबीच सम्झौता

बुधबार, ०५ वैशाख २०७५, १७ : ४३
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं– ग्लोबल बैंक र बेलायतस्थित क्रसपे लिमिटेडबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता भएको छ । यी दुई संस्थाबीच भएको यो सम्भौतासँग अब बेलायतबाट नेपालमा रकम पठाउन सजिलो भएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बेलायतस्थित मुख्य कार्यालय भएको  क्रसपे लिमिटेडमार्फत पठाइएको रकम ग्लोबल आइएमई बैंकका शाखा, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङ सेवा तथा नेपालभर रहेका ७५ सयभन्दा बढी एजेन्टहरुमार्फत नगद कारोबार गर्न सकिने जनाइएको छ ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ चैत्र मसान्तसम्म बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।  त्यस्तै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको आज जारी विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप